दाङ, बैशाख ९ ।
सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा नयाँ बर्ष २०७६ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष विष्णु पुनको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको प्रमुख आतिथ्यता र जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले सामुदायिक सेवा केन्द्रले समाज रुपान्तरणका लागि महङ्खवपूर्ण योगदान गरेको बताएका थिए । उनीहरुले समाजमा सचेतनाका कार्यक्रम गरेर दुव्र्यसनविरुद्ध सचेतना फैलाउने काम गरेको भन्दै यसलाई निरन्तरता दिन अनुरोध गरेका थिए ।
त्यस अवसरमा सामुदायिक सेवा केन्द्रको भवन निर्माणका लागि जग्गाको खोजी गर्ने विषयमा पनि छलफल भएको थियो । कार्यक्रममा केन्द्रले प्रकाशन गरेको वि.स.२०७६ सालको भित्तेपात्रोको विमोचन गरिएको थियो । कार्यक्रममा केन्द्रका सल्लाहकार नरेशजंग राणा, बलदेव योगी, दिपक शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । केन्द्रका सहसचिव केवि घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण केन्द्रका सचिव आरके शीतलले गरेका थिए ।
असार मसान्तसम्म आजीवन सदस्यता
यसैबीच सामुदायिक सेवा केन्द्र घोराहीले असार मसान्तसम्मका लागि आजीवन सदस्यताको फाराम खुल्ला गरेको छ । केन्द्रको आजीवन सदस्यताका लागि असार मसान्तसम्म फाराम भर्न सकिने केन्द्रको सोमबार घोराहीमा बसेको बैठकले निर्णय गरेको हो । केन्द्रका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा बसेको बैठकले नयाँ वर्ष २०७६ सालको अवसरमा सम्पूर्णमा शुभकामना पनि व्यक्त गरेको छ ।