२०७७ फाल्गुन २० गते बिहिवार

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु


दाङ, बैशाख ९ ।
दाङमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी लमही नगरपालिका वडा नं. ७ उचानिम्वु निवासी अन्दाजी २०÷२२ बर्षीय लालु चौधरीको मृत्यु भएको छ । आइतबार मध्यराततिर दुर्घटनामा परेका चौधरीको उपचारका क्रममा सोमबार बिहान सवा १ बजेतिर लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृतक मोटरसाईकल चालक हुन् भने मोटरसाईकलको पछाडि सवार थप दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा सोही ठाउँकै १५÷१६ बर्षीय आशिष चौधरी र लमही नगरपालिका वडा नं. ३ मजगाउँ निवासी १३ बर्षीय प्रकाश घर्ती मगर रहेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहका अनुसार पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ९१६७ नम्वरको ट्रकमा सोही दिशातर्फ जाँदै गरेको रा ३ प ७९५ नम्वरको मोटरसाईकल पछाडिबाट ठोक्किदा उक्त दुर्घटना भएको थियो । दुबैजना घाइतेलाई लमहीको प्रारम्भिक उपचारपछि थप उपचारको लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *