२०८२ माघ १० गते शनिवार

कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय सदस्यहरु खटाउँदै

काठमाडौँ,साउन १६ । नेपाली कांग्रेसले पार्टी सुदृढीकरणका लागि केन्द्रीय सदस्यहरुलाई जिल्लामा खटाएको छ।

गत साउन २ देखि सुरु भई १० गते सकिएको केन्द्रीय समिति बैठकको निर्णयअनुसार केन्द्रीय सदस्यहरुलाई जिल्लामा खटाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

मंगलबार बेलुकासम्म सबै केन्द्रीय सदस्यहरुलाई सम्बन्धित जिल्ला उल्लेख गरेर पत्र दिइने पौडेलले बताए।

कांग्रेसले ७७ जिल्लामा नै केन्द्रीय समिति सदस्यहरु खटाउँदै छ। ती केन्द्रीय सदस्यहरुले सम्बन्धित जिल्ला गई साउन २० गतेदेखि ३० गतेसम्म छलफल गर्ने छन्।

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *