२०८२ बैशाख ११ गते बुधवार

लुम्बिनी प्रदेश सभाको २० औं बैठक बस्दै

दाङ, साउन ९ । लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको २०औं बैठक आज बस्दैछ ।

सोमबार स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

यसअघिको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था संचालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए ।

आजको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने र छलफलमा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्रीले दिने सम्भावित कार्यसूची रहेको छ।

त्यस्तै सभामुख तुलाराम घर्तीले विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने, प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा बोल्ने, कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेरसम्बन्धी जानकारी गराउने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *