२०८१ भाद्र २७ गते बिहिवार

तुलसीपुरमा कन्ये च्याउको बीउ उत्पादन सुरु

देवमणि गौतम,
दाङ, बैशाख ४ । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (RISM-FP) को पुरक अनुदान प्राप्त नवदुर्गा कृषि सहकारी संस्था लि तुलसीपुर -८, दाङले सन्चालन गरेको `नवदुर्गा कन्ये च्याउ तथा बीउ उत्पादन उप-आयोजनाको अन्तिम चरणको सार्वजनिक सुनुवाइ आज २०७६ बैशाख ४ गते वुधवारका दिन सुनवर्षा स्थित नवदुर्गा मन्दिरको प्राङगणमा सम्पन्न गरियो।

संस्थाका अध्यक्ष दिननाथ भट्टराईको अध्यक्ष्ता , RISM-FP नेपालको दाङ जिल्ला अनुगमन अधिकृत हरिप्रसाद शर्माको प्रमुख आतिथ्यता र तुलसिपुर उपमहानगरपालिका -८ का वडा अध्यक्ष वेद बहादुर केसी को विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्य तथा नवदुर्गा सा.व.उ.सका अध्यक्ष श्री इन्द्र्जित चौधरी, महालक्ष्मी सा.व.उ.सका अध्यक्ष श्री तारा प्रसाद देवकोटा, थर्कोट कृषि सहकारी संस्थाका अध्यक्ष मेघराज पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए । उप आयोजना खरिद समितिका संयोजक शिरिष गौतमले विषय प्रवेश गराएको उक्त कार्यक्रमको सहजीकरण संस्थाका सचिव खगेन्द्र प्रसाद काफ्लेले गरेका थिए ।

संस्थामा आवद्ध १०२ जना कृषकहरूको जिवनस्तर वृद्धिको उदेश्य राखेर च्यउको बीउ उत्पादन गर्नुपर्ने कुरामा प्रमुख अतिथिले जोड दिए भने वडाअध्यक्ष के.सिले आफ्नो तर्फबाट सम्पूर्ण प्रकारको सहयोग निरन्तर गर्ने वचनवदता सहित उत्पादन लगाउने शर्तमा ५००००/- सहयोग उदघोष गरे । कुल ४२४१४८५/- को लगानीमा संस्थाले च्याउको बीउ उत्पादन गर्नका लागि ल्याब घर निर्माण र उपकरण खरिद गरि कार्य संचालन गरिसकेको छ।

प्रकाशित मिति : २०७६ बैशाख ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *