२०८२ माघ १० गते शनिवार

बलात्कार र हिंसाका मुद्धामा प्रदेश सरकार गम्भिर छ ः मुख्यमन्त्री चौधरी


तुलसीपुर,असार २३ । थड आइ नेपालले बलात्कार र महिला हिंसा विरुद्ध राष्ट्रिय जनचेतना अभियान सुरु गरेको छ ।

थड आइ नेपालले शनिवार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चोधरीले सार्वजनिक बसमा स्टीकर टासेर अभियानको सुभारम्भ गरेका हुन ।

त्यस अवसरमा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेश सरकार बलात्कार र हिंसाका मुद्धामा गम्भिर रहेको बताए ।

उनले समाज परिवर्तनको लागि युवाहरुको थालेको यो अभियान सराहनीय रहेको तर्क गरे । यो अभियानलाई सफल बनाउन आर्थिक,प्राविधिक रुपमा के कस्तो सहयोग चाहिन्छ ? तपाईहरु राम्रो खालको प्रपोजल–योजना ल्याउनुस,हामीसगं प्रसस्त श्रोत छ,हामी तपाईलाई सहयोग गछौँ,मुख्यमन्त्री चौधरीले भने ।

उनले प्रदेश सरकारले युवा रोजगार,महिला रोजगार,मुख्यमन्त्री रोजगार कार्यक्रमलाई प्राथमिकतामा राखेर १ अरव बजेट बिनियोजन गरेको पनि बताए । जबसम्म मान्छे आर्थिक समृद्ध बन्न सक्दैन तबसम्म देश समृद्ध बन्न नसक्ने चौधरीले दावी गरे ।

साथै उनले प्राविधिक शिक्षालाई अघि बढाउन प्रदेश सरकार शिक्षा ऐन बनाउने तयारीमा रहेको समेत बताए ।

थड आइ नेपालका अध्यक्ष वसन्त गिरिको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले हिंसा न्यूनीकरण गर्न हरेक ब्यक्ती शिक्षित हुन जरुरी रहेको बताइन ।

उनले प्रदेश सरकारले शिक्षालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्नुपर्ने र ग्रामीण क्षेत्रहरुमा हिंसा न्युनीकरण गर्न सचेतनामुलक कार्यक्रमहरु गर्नुपर्ने पनि बताइन ।

त्यस्तै महिला अधिकारकर्मी सुस्मा गिरिले नेपालमा महिला हिंसा र बलात्कार विरुद्धका धेरै कानुनहरु बनेका पनि ति कानुनहरु अक्षरस पालना नहुदाँ घटनाहरु बर्षेनी बढीरहेको तर्क गरिन ।

उनले पुस महिनादेखि हालसम्म दाङमा १५७ वटा हिन्साका घटना भएको तथ्याङ्क पनि सुनाइन । उनले जबसम्म हिंसाको अन्त्य हुदैन तबसम्म कुनै पनि बिकासले फड्को मार्न नसकिने धारणा राखिन ।

त्यस अवसरमा नेपाली कांग्रेस तुलसीपुर नगरका सभापति सुरेश हमाल,तुलसीपुर ७ का अध्यक्ष राम बहादुर जिसि लगाएतले हिंसा न्युनीकरणका लागि आफुहरुसगंसगै रहने एक्यबद्धता जनाए ।

उक्त कार्यक्रमको सहजीकरण थर्ड आइ नेपाकलका सुभम भण्डारीले गरेका थिए । थर्ड आइ नेपालले यो अभियान देशका सम्पुर्ण जिल्लामा सुरु गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *