काठमाडौँ ,असार १२ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को अवरोधका कारण जारी प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथमा रास्वपाले संसद् अवरोध गरेपछि बैठक केही बेरका लागि स्थगित भएको हो।
जारी बैठकमा रास्वपाका सांसदहरूले जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय स्वीकार्य नहुने भन्दै बैठक अवरुद्ध पारेका थिए। जसलाई एमालेका सांसदहरूले पनि साथ दिएका थिए।
बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।
प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार