२०८३ असोज २८ गते बुधवार

भुम्या पर्वको अवसरमा लुम्बिनीका तीन जिल्लामा सार्वजनिक विदा

तुलसीपुर,जेठ ३२ । लुम्बिनी सरकारले असार १ गते प्रदेशका केही जिल्लामा सार्वजनिक विदा दिएको छ।

आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको बिहीबार बसेको बैठकले भुम्या पर्वको अवसरमा रोल्पा, रुकुम र दाङमा सार्वजनिक विदा दिएको हो।

‘प्रदेश सरकार, मन्त्रिपरिषदको मिति २०८० जेठ ३२ को निर्णय अनुसार भुम्या पर्वको अवसरमा यहि २०८० असार १ गतेका दिन रोल्पा, रूकुम र दाङ जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *