२०८२ असार ७ गते आइतवार

रुकुममा १४ नाल भरुवा बन्दुक नियन्त्रण

रुकुम पश्चिम,जेठ ३२ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले १४ नाल वेवारिसे अबस्थामा रहेका भरुवा बन्दुक बरामद गरेको छ ।

मुसिकोट नगरपालीका ८ किटेनिखोला जंगलमा ४ थान, मुसिकोट नगरपालिका ८ झिमखोलामा २ थान र मुसिकोट नगरपालीका ८ ओखरधारा जंगल ओडारमा ८ थान गरी जम्मा १४ थान भरुवा बन्दुक बेवारिसे अवस्थामा प्रहरीले विभिन्न समयमा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्का का अनुसार विभिन्न समयमा यहाका जनताले सिकार खेल्ने प्रयोजनको लागी प्रयोग गर्ने र जंगलमै लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको जानकारी दिए ।

भरुवा बन्दुक तथा अन्य हातहतियार राख्ने व्यक्तिहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले बताए ।

साथै ईजाजत पत्र प्राप्त नगरी हातहतियार राख्ने व्यक्तिलाई जोखिमको गम्भिरता हेरी १० बर्षसम्म कैद र १ लाख रुपैयासम्म जरिवाना हुने भएकाले यस्ता गतिविधि नगर्न नगराउन समेत अनुरोध गरे ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *