प्रमोद आचार्य,दंगीशरण, जेठ ३१ । वैकल्पिक उर्जा केन्द्रको लगानीमा दंगीशरण गाउँपालिकाका विभिन्न ७ वटा स्थानमा सौर्य बत्ती जडान गरिएको छ ।
उज्यालो दंगीशरण अभियान अन्तर्गत दंगीशरण गाउँपालिकाका अती संबेदनसिल विभिन्न ७ ठाँउमा सौर्य बत्ती जडान गरीएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए।
सौर्य बत्ती जडान भए सङ्गै चोरी डकैती लगायतका अपराधिक घटनामा कमि आउने अपेक्षा लिएको अध्यक्ष गिरीले बताए ।
अहिले पहिलोपटक दंगीशरणका ७ स्थान मध्य वडा नं। ५ को बालापुर प्रहरी बिट नजिक,गाउँपालिका प्रबेशद्धार नजिक,प्राथमिक स्वास्थ्य सेवाकेन्द्र बागर नजिक २ वटा , हेकुलीचोकमा १ वटा, गोल्टाकुरी स्वास्थ्य चौकी नजिक एक वटा र हेकुली स्वास्थ्य चौकि नजिक १ वटा गरी ७ वटा सौर्य बत्ती जडान गरिएको हो ।
सभ्य र शान्त समाज निर्माणका लागि ढाइएको अध्यक्ष गिरीले बताए ।
उज्यालो दंगीशरण सङ्गै आगामी वर्ष पनि अन्य स्थानमा सौर्य बत्ती जडानसगं हरीयाली दंगीशरणको अभियानलाई अगाडी बढाइने बताए ।
