२०८३ असोज २८ गते बुधवार

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं ,जेठ ३० । राष्ट्रपति रामचन्द्र पौडेल मुटको उपचार गर्न गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन्।

उनलाई मंगलबार बिहान ११ बजे गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरी उपचार गराइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

शनिबार गंगालालमै स्वास्थ्य परीक्षण गरिएका पौडेल मंगलबार अस्पतालमा भर्ना भएका हुन्।

राष्ट्रपति पौडेललाई अस्पतालको भीआइपी कक्षमा राखिएको छ। सम्भवतस् राष्ट्रपति पौडेललाई मंगलबार अस्पताल नै राखी उपचार गरिनेछ।

अस्पताल तथा राष्ट्रपति कार्यालयले यसबारे कुनै औपचारिक जानकारी दिएका छैनन्।

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *