२०८२ चैत्र ३ गते मङ्गलवार

प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु

दाङ,जेठ २९ । प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।

स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ।

प्रहरीका अनुसार लु१च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो।

जीपमा सवार आठजनाकै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *