२०८३ असोज २८ गते बुधवार

आँफैले उत्पादन गरेको तरकारीमा किन गाई-बाख्रा चराउन थालेका हुन किसानले ?

तुलसीपुर , जेठ २८ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मोतीपुरका किसान राजेश डाँगीले आफ्नो तरकारी खेतीमा गाइ बाख्रा चराउन थालेका छन् ।


बिगत दश बर्ष यता सिजन अनुसार ब्यबसायिक तरकारी खेती गर्दै आउनु भएका डाँगीले उत्पादन गरेको बन्दा गोभी नबिकेपछि बस्तु चौपाया चराउन थालेको बताएका छन् ।

यो बर्ष डाँगी १५ कठ्ठा क्षेत्रफलमा बन्दा गोभी र अन्य जमिनमा बेमौसमी मकै रोपेका थिए । उनको खेतबारीमा अहिले कम्तिमा पनि साढे दुई लाखदेखि चार लाखसम्मको गोभी त्यसै खेर गइरहेको छ ।


आँफुले लगाएको बन्दा गोभी बिक्रि नभएपछि चर्कौ गर्मीका कारण सुक्दै जान थालेको हुँदा पशु चौपाया चराउन उपयुक्त हुन ठानेर चराउन थालेको डाँगीले प्रतिद्धक्रिया दिए । अघिल्ला बर्षहरुमा डाँगीको खेत बारीमै आएर ब्यापारीले तरकारी खरिद गर्न आउने गर्थे । तर यो बर्ष बिक्रि नै नहुने भन्दै ब्यापारी खरिद गर्न नआएको स्थानीय डम्मरकुमारी खत्रीले बताइन ।


त्यही भएर मानिसको दुःख, मल, विउ विजन, बिषादीको खर्च सबै जोड्ने हो भने त्यति सस्तोमा बेच्नुको कुनै अर्थ नहुने निष्कर्ष निकालेरै परिवारको सल्लाहमा गाइबस्तु चराउने निधो गरेको उनले बताइन ।

स्थानीय उत्पादनको बजार तुलसीपुर बजार नै हो । अघिल्ला बर्षहरुमा ब्यापारी आँफै किसानका खेतबारीमै गाडी लिएर तरकारी खरिद गर्न आइ पुग्थे । यो बर्ष बोलाउँदापनि ब्यापार नै छैन भन्दै कोही नआएको खत्रीले बताइन ।


डाँगीले १५ र खत्रीले १८ कठ्ठा क्षेत्रफलमा लगाएको बन्दा गोभी त्यसै खेतबारीमा सुक्दै गइरहेको छ । अहिलेको प्रचण्ड गर्मीले त्यो सुक्दै र कुहिदै जान थालेको भएपनि अर्कौ कुनै बिकल्प नरहेका कारण किसान चिन्तित बनेका छन् ।


खेत बारीमै लाखौंको उत्पादित तरकारी बिग्रेर कुहिन थालेको देखेर मन रुने गरेको उनले बताइन । किन बिकेन तरकारी रु उनलाई पनि इण्डिया लगाएत बाहिरी जिल्लाहरुबाट आउने तरकारीका कारण स्थानीय उत्पादनले बजार पाउन नसकेको हुनुपर्ने अनुमान गरिन ।


बन्दा गोभी खेतीमा मात्रै ७० हजार बढी लगानी पुगेको बताएकी उनले हालसम्म एक रुपैंयाको पनि बिक्रि गर्न नपाएको हुँदा मन खिन्न हुने गरेको बताइन । यो बर्ष सबै उत्पादन खेर गएपनि उनले हरेश भने खाएकी छैनन् ।

बर्षे खेती पछि फेरि अर्कौ बर्षको लागि तयारी गर्ने उनले बताइन । अब बर्षे धान तथा मकै खेतीका लागि जग्गा तयार पार्नुपर्ने समय आएको हुँदापनि आँफुहरु बिक्रि नभएको बन्दा गोभी खेतबारीमे मास्न बाध्य भएको स्थानीय किसानले बताउन थालेका छन् ।

  • तस्विर ः पार्वती बस्नेत ।

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *