२०८३ बैशाख ११ गते शुक्रवार

प्रभावकारी बन्न सकेन खोप कार्यक्रम

तुलसीपुरमा ५२९२५ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइदैं

तुलसीपुर,जेठ २६ । तुलसीपुर उपमहानगरपालिकामा दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।

शुक्रबार तुलसीपुर उपमहानगरपालिकामा भएको दादुरा–रुबेला खोप अभियान सञ्चालन सम्बन्धि पालिका खोप समन्वय समिति तुलसीपुर,संचारकर्मी र सरोकारवालाहरुसँग भएको अभिमुखिकरण कार्यक्रममा खोप अभियानबारे जानकारी गराईएको हो ।


त्यस अवसरमा बोल्दै स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्बर बहादुर कुंवरले लुम्बिनी प्रदेशका दाङ र बर्दिया सहित ९ जिल्लामा खोप अभियान सञ्चालन हुन लागेको बताए । उनले खोप अभियानलाई प्रभावकारी बनाउन गर्मीका कारण बन्द रहेका प्रत्येक पालिकाका विद्यालयहरु सञ्चालन गर्न आग्रह गरे ।

उनले आफुलाई पाएक पर्ने केन्द्रमा लगेर आफ्ना बालबच्चालाई नछुटाएर खोप लगाउन र खोप अभियान सफल बनाउनका लागि सबै आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरिक्षक बिमल केसीले खोप अभियान यहि जेठ ३१ गतेदेखि अषाढ ८ गते सम्म सञ्चालन हुन लागेको जानकारी दिए । उनका अनुसार खोप अभियानमा पालिकाका १९ वटै वडाका ६ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाउन लगाइने छ ।

यो पटकको अभियानमा तुलसीपुर उपमहानगरपालिका भित्रका ५२ हजार ९ सय २५ जना बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य राखिएको केसीले बताए । उनले २ सय २१ वटा खोप केन्द्रबाट ४ सय ३६ जना खोपकर्ता र ४ सय ३६ जना स्वंयसेविका परिचालन गरि खोप अभियान सञ्चालन गरिने जानकारी गराए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले गर्मीका कारण बालबालिकामा देखिएको विभिन्न समस्याका कारण विद्यालयहरु बन्द गरेको र ३१ गतेबाट सुरु हुने खोप अभियानका लागि पनि विद्यालय सुचारु हुने बताए ।

दाङ जिल्लामा पनि दादुरा महामारी देखिएकोले खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सबै निकायको भुमिका महत्वपुर्ण रहने बता जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख ओमपी न्यौपानले बताए । उनले दादुरा रोग निकै छिटो सर्ने सरूवा रोग भएकोले यसले गर्दा निमोनिया, झाडापखाला, कुपोषण जस्ता कारण देखा परि विरामीको ज्यान समेत जान सक्ने तर्क गरे ।

उनले जोखिम न्युनिकरण गर्न खोप कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्नु परेको जानकारी दिए । सरकारको सन २०२३ सम्म खोप अभियानलाई उन्मुलन गर्ने कार्यक्रम थियो तर त्यो सफल हुन सकेन ।

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *