२०८२ चैत्र १ गते आइतवार

राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

तुलसीपुर,जेठ २७ । दाङमा राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

लमही नगरपालिका -४ बड्का घुम्ना बस्ने सुरेश चौधरीका १३ वर्षिय छोरा राहुल चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

उनी शुक्रवार मध्याह्नको समयमा साथीहरुसँग घर नजिकै रहेको राप्ती नदीमा नुहाउन गएका थिए ।

उनी करिब ५ः३० बजेको समयमा नुहाउँदै गर्दा डुबेका थिए ।

मृतकको शवलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *