दाङ, जेठ २६ । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण र नयाँ सदस्यता वितरणको काममा संगठनको तर्फबाट उपाध्यक्ष सविन प्रियाशनलाई तीन वटाटा प्रदेशको जिम्मेवारी दिइएको छ ।
उपाध्यक्ष प्रियाशनलाई लुम्बिनी, गण्डकी र कोशी प्रदेशको जिम्मेवारी दिइएको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।
उनका अनुसार नेपाल पत्रकार महासंघले जारी गरेको मापदण्डअनुसार जस्ताको तस्तै कार्यान्वयन हुनुपर्छ भन्ने प्रेस चौतारी नेपालको स्पष्ट निर्णयअनुसार कार्यान्वयनका लागि चार उपाध्यक्षलाई जिम्मेवारी तोकिएको हो ।
उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेशमा गणेश पाण्डे,कोशी, लुम्बिनी र गण्डकी प्रदेशमा सविन प्रियाशन, कर्णाली, सुदुरपश्चिम प्रदेशमा राजेश राई, मधेश प्रदेश र बागमति प्रदेशमा देविका जिएम गुरुङलाई जिम्मेवारी तोकिएको छ ।
प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
