२०८२ चैत्र ३ गते मङ्गलवार

दाङ एयरपोर्ट प्रतिको विश्वास किन बढ्न नसकेको हो ?

तुलसीपुर, जेठ २४ । दाङ एयरपोर्टमा फेरि उडानको संख्या घटाइएको छ । पछिल्लो समय हप्तामा एक दिन शुक्रबार मात्रै एउटा उडान हुने गरेको छ ।


दाङस्थित टरिगाउँ एयरपोर्टका प्रमुख तथा एयर ट्राफिक कन्ट्रोलर अंगत यादवले पछिल्लो समय नेपाल एयर लाइन्सले हप्तामा एउटा मात्रै उडान गर्दै आएको जानकारी दिए ।

केही समय पहिला सम्म टरिगाउँ एयरपोर्टमा शुक्रबार बाहेक ६ दिनमा सात उडानहरु हुँदै आएका थिए । शनिबार दुई उडानहरु हुँदै आएको थियो । तत्कालिन प्रमुख गणेश अर्यालले अढाइ महिना अगाडि आँफु रहँदासम्म शुक्रबार बाहेक हप्तामा सात उडान हुँदापनि यात्रुको अभाव कहिलै नभएको बताए । यो एयरपोर्टमा बिगत ५ बर्ष यता नेपाल एयरलाइन्सले नियमित र बिगत चार महिना जति सीता एयरले उडान भर्दै आएका थिए ।

आइतबार, मंगलबार, बिहीबार र शुक्रबार नेपाल एयरलाइन्सले उडान भर्दै आएको भएपनि सीता आउन थालेपछि उस्ले शुक्रबारको उडान कटौती गरि शनिबार उडान सुरु गरेको थियो । सीता एयरले पनि हप्तामा दुई तीन दिन जति उडान गर्दै आएको थियो ।

किन घटे उडान ?

दाङ एयरपोर्टका प्रमुख यादबले नेपाल एयरलाइन्सको एउटा प्लेन बिग्रिएर ग्राउन्डेट भएको र पछिल्लो केही समय यता सीता एयरले उडानको सेडुअल पठाउन छोडेको प्रतिक्रिया दिए ।


सीताले किन उडान कटौती गरेको हो रु भन्ने बारे आँफुले जबाफ दिन नमिल्ने भएपनि उस्ले लुक्ला लगाएतका हिमाली क्षेत्रमा आफ्ना जहाँज पठाएको हुन सक्ने उनले बताए ।

दाङ एयरपोर्टको बारेमा बिगत लामो सयमदेखि चिन्ता चासो ब्यक्त गर्दै आएका र कुनैदिन आँफु तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्ष छँदा टिकको जिम्मा लिएर भएपनि बिमान संचालनका लागि भूमिका निर्वाह गरेका उद्योगी बिमल रिजालले बिमान संचालक कम्पनीहरु फाइदाको पछाडि दौडिदा समस्या उत्पन्न भएको प्रतिक्रिया दिए ।

‘ सीता एयर फाइदाका पछि लाग्यो र उस्ले यताको उडान कतौटी गरि हिमाली क्षेत्रमा डरल कमाउन दौडियो,’ उनले भने ‘ त्यही कारण नेपाल एयरलाइन्स पनि नियतबस उडान कतौटी गरेको जस्तो मलाइ लाग्छ ।’

प्छिल्लो समय नेपाल एयरलाइन्सले पनि हप्तामा एउटा मात्रै उडान भर्न थालेको र बिग्रेको भन्दै दुई उडानहरु मिस गर्नुले आशंका पैदा भएको उनले बताए । नियमित बिमान नआउँदा यात्रु बर्गमा एयरपोर्ट माथिको विश्वसनियता नै खस्किदै जान थालेको चिन्ता रिजालले ब्यक्त गरे ।

‘ सेवा नियमित हुँदा यात्रु बानी पर्दै थिए, तैपनि टिकट पाउन मुस्लिक थियो,’ उनले भने ‘ तर, आज यात्रु वर्गमा विश्वास कमजोर बन्दै गएको छ ।’ हप्तामा एक दिन आउने प्लेनले पनि उडान मिस गर्दा दाङ, सल्यान र रोल्पा लगाएका यात्रुहरु नेपालगंज, भैरहवा लगाएतका एयरपोर्टमा जान बाध्य भएको रिजालले तर्क गरे ।

टरिगाउँ एयरपोर्टको लागि बजेट भाषणले पनि स्पष्ट सम्बोधन नगर्दा त्यो विश्वास झनै कमजोर बन्दै जान सक्ने चिन्ता उनले ब्यक्त गरे । लुम्बिनी प्रदेशको राजधानी दाङको टरिगाउँ एयरपोर्ट २०११ सालदेखि संचालनमा आएको थियो । तत्कालिन समय नेकपा माओबादीका लोकेन्द्र बिष्ट मगर पर्यटन मन्त्री छँदा टरिगाउँ एयरपोर्टको धावन मार्ग कालोपत्रे गरिएको थियो ।

७५० मिटर लम्बाइ र ३० मिटर चौडाइमा धावन मार्ग कालो पत्रे गरेका कारण यहाँ १९ सिटे साना जहाँजहरु मात्रै अवतरण गर्न सक्छन् । ठूला विमान अवतरण गर्न नसक्ने हुँदा टरिगाउँ एयरपोर्टको भाडादर दुरीका हिसावले एक सय २० किलोमिटर जति टाढाको नेपालगंजस्थित राँझा बिमानस्थलको भन्दा भाडादर झन्डै दोब्बर बढी महंगो रहेको छ ।
एकातिर भाडादर महंगो हुनु र अर्कौ तर्फ सेवा नियमित नहुँदा दाङ एयरपोर्ट प्रतिको यात्रुको विश्वसनियता कमजोर बन्दै जान थालेको हो ।

पछिल्लो समय एयरपोर्टमा एक करोड लागतमा नयाँ टावर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अघिल्लो बर्षदेखि इन्धन भर्ने बाउजर ल्याइएपछि इन्धन भर्ने सुबिधापनि थपिएको छ । तर, यी सबै उपकरणपनि त्यसै थन्किने चिन्ता बढेको छ ।

‘बिमानको संख्या घट्दै जाने हो भने राज्यको लगानी बालुवामा पानी हुने संभावना बन्न सक्छ,’ एक जना स्थानीयले भने ‘ एयरपोर्टको धावन मार्ग विस्तार गरि एटिआर अवतरण हुने बनाउन नसक्ने हो भने यो बिमानको औचित्य समाप्त हुने खतरा छ ।’

आँगनको टरिगाउँ एयरपोर्ट आँफु जन्मेदेखि नै उस्ताको उस्तै देख्दै आएको भन्दै यो भन्दा थप बिस्तार नहुने भए एयरपोर्ट सदाको लागि वन्द गरे उचित हुने उनले तर्क गरे । पछिल्लो समय टरिगाउँ एयरपोर्टको धावन मार्ग विस्तार गरि यसमा ७२ सिटे बिमान बसाल्नका लागि पहलहरु भइ रहेको यस क्षेत्रका जनप्रतिनिधिले भाषणहरु बाक्लै गर्दै आएका छन् ।

त्यसका लागि केही समय पहिले मात्रै फेरि डिटेल सर्भेहरु गरिएका छन् । जिल्ला आउने हरेक दलका शिर्ष नेता र प्रधानमन्त्रीहरुले समेत टरिगाउँ एयरपोर्टहरुका कार्यक्रम गर्दै स्थलगत निरीक्षण गर्दै एयरपोर्टको धावन मार्ग बिस्तारको वाचा गर्दै आएको भएपनि भने अनुरुप काम भने हुन सकेको छैन ।

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *