सुशील बस्नेत, दाङ, जेठ १९ । संस्थागत हुदै गरेको लोकतन्त्रमा नागरिकले समुन्त समाजको अपेक्षा गरेपनि नेपालमा पछिल्ला घटनाक्रमले निराश बनाउदै गएको बताएका छन् ।
मानव अधिकार तथा शान्ति समाजको २८ औ स्थापना दिवसको अवसरमा दाङको तुलसीपुरमा आयोजित मानव अधिकारदेखि मानवताको उच्चतम अभिब्यक्ति बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागी नागरिकहरु समाजका अगुवाहरुले न्यायबिहीन राज्य हुन थालेको भन्दै चिन्ता ब्यक्त गरेको हुन ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सहसचिव एवम सामाजिक अभियान्ता डाक्टर बिष्णु कुमार देवकोटाले सुशासनको अबस्था कम्जोर बन्दै गएको बताए ।
यसको अनूभुति ब्यक्तिगत र बिभिन्न प्रतिबेदनले देखाएको उनले भने ।
भ्रष्टाचार मौलाउनुमा भने सहभागि राजनीतिक दलहरुले एकले अर्कालाई आरोप लगाएका थिए ।
नेपाली काग्रेसका सुरेश हमाल, नेकपा एमालेका अध्यक्ष हुकुम बहादुर बस्नेत,नेकपा माओबादी केन्द्रका शंकर भट्टराई, जनता समाजबादी पार्टीका टोपबहादुर महतरा र राष्ट्रिय जनमोर्चाका ईश्वरी भण्डारीले मुलुकमा राजनीतिक दलका केही पात्रबाट पटक पटक भ्रष्टचार हुने गरेको स्वीकार गरे ।
अव बिगतमा भएका भ्रष्टाचार गर्ने र गराउने कार्यमा राजनीतिक दलहरुले सहभागि र संरक्षण गर्न नहुनेमा उनीहरुले जोड दिए ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य तुलसीराम सुनार, समाजका निर्वतमान सभापति सुशील बस्नेत, केन्द्रिय पूर्ब उपसभापति मोहन प्रसाद धिताल, दाङ शाखाका संस्थापक सभापति डिल्लीराज धितालले राजनीतकि दलहरु सच्चिनुपर्नेमा जोड दिए ।
थारु कल्याणकारिणी सभाका केन्द्रिय कोषाध्यक्ष चूर्णबहादुर चौधरी, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका अध्यक्ष पद्य प्रसाद न्यौपाने,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर नगर जेसीजका अध्यक्ष शालिकराम वली, जेष्ठ नागरिक समाज प्रदेश अध्यक्ष खुमानन्द अधिकारी, महिला अधिकारकर्मी सुष्मा गिरी,राष्ट्रिय अपाङ महासंघका प्रदेश उपाध्यक्ष देवा डाँगी, दलित नागरिक समाज जिल्ला संयोजक छवी परियार लगायतले राजनीतिक दलहरुकै कारण २०६२ ÷६३ को उपलब्धि कम्जोर बन्ने होकी भन्दै आंशका ब्यक्त गरे ।
शाखाका कार्यबाहक सभापति कोमल डिसीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा शाखा सदस्य निर्मला गौतमले मानव अधिकार,शान्ति, लोकन्त्र, अहिंसा,सद्भाव, सहिष्णुता, सामाजिक न्यायको आन्दोलनमा समर्पण, जगतमुखी, जीवनमुखी, सेवामुखी उदेश्य, स्वयंसेवी÷स्वालम्वी आन्दोलन र मानवताको उच्चतम अभिब्यक्ति लगायत समेटिएको अवधारण पत्र प्रस्तुत गरेका थिए ।
सदस्य संदीपन रिजालले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव अमृतप्रसाद शर्माले गरेका थिए ।
२०५३ जेठ १९ गते स्थापन भएको शान्ति समाजले यसपटक साता ब्यापी कार्यक्रम अन्तर्गत अन्तरक्रिया, रक्तदान,कारागार कार्यालय तुलसीपुरमा ७० थान बिभिन्न पुस्तक हस्तान्तरण, रानीघाट खोला सरसफाई गरेको छ ।
त्यस्तै, खाद्यन्न तथा बस्त्र दान,वातावरण संरक्षणका लागि बृक्ष सरसफाई लगायतका कार्यक्रम गर्ने तालिका सार्वजनिक गरेको छ ।
