तुलसीपुर, चैत्र २६ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ मा गठन भएको वडा स्तरिय युवा क्लवका अध्यक्ष सन्तोष केसीले अधिकांश युवाहरु कुलतमा लागेको भन्दै न्युनिकरणका लागि युवाहरु नै लाग्नु पर्ने वताए । वडा नम्वर ३ की इशा वलीले युवाहरुका वारेमा राज्यने स्पष्ट नीति वनाउनुपर्ने आवश्यकता रहेको कुरामा जोड दिइन् । “युवालाई राज्यले मुखले मात्रै प्राथमिकतामा राखेको छ ” उनको भनाई थियो । वडा नम्वर १२ की सविना डाँगीले युवाहरुका समस्या समाधानका लागि युवाहरु नै तयार रहेको कुरा वताइन । तुलसीपुर उपमहानगरपालिकाले १९ वटै वडामा गठन गरेको वडास्तरिय युवा क्लवका पदाधिकारीका लागि आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा वोल्दै युवाहरुले समस्या मात्रै राखेनन् त्यसको समाधानको वाटो पनि पहिल्याए ।
युवाहरुलाई सृजनशिल काममा लगाउनका लागि उपमहानगरपालिकाका हरेक वडामा युवा क्लव गठन गरिएको हो । युवा क्लवका पदाधिकारीहरुका लागि आयोजना गरिएको कार्यक्रममा अभिमुखिकरण गर्दै नगरप्रमुख घनश्याम पाण्डेले आजका युवासँग धेरै सम्भावना रहेको वताए । उनले सम्भावना पहिचान गर्न नसकेका कारण युवाहरुमा समस्या उत्पन्न भएको वताए । “समाजमा राम्रा नराम्रा कुराहरु छन् हामीले नराम्रा कुराहरुलाई छाडेर राम्रा कुरातर्फ लाग्नुपर्दछ“ पाण्डेले भने । उनले कुनै पनि क्षेत्रमा राम्रो गर्छु भन्ने संकल्प लिएर युवाहरुले कार्यान्वयन गर्न सक्यो भने मुलुक समृद्धिको वाटोमा पुग्ने वताए ।
सफलताका लागि एउटै उद्देश्य लिएर अगाडि वढ्न सके युवाहरुले जीवनमा सफलता पाउने उनको कथन थियो । “सकारात्मक सोचले सधै मानिसलाई मानिसलाई सफलता तिर उन्मुख गराउँछ ” नगरप्रमुख पाण्डेले वताए । उनले आफुले आफुलाई पहिचान गर्न सक्ने गुणको युवामा विकास गराउन आवश्यक रहेको वताए ।
प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले युवाहरुलाई वित्तिय साक्षरताका वारेमा जानकारी दिन आवश्यक रहेको वताउँदै सानो सानो पुँजि संकलन गरेर उद्यमशिल कामहरु गर्न सकिने कुरामा जोड दिए ।
उपमहानगरपालिकाका १९ वटै वडाका ८० युवाहरुको सहभागिता रहेको अन्तक्र्रिया कार्यक्रममा कार्यपालिका सदस्य अमर नेपाली माईकलले मन्तव्य राखेका थिए । तालिमको सहजिकरण तालिम संयोजक वसन्त आचार्य र युवा परिषद् दाङ्गका अध्यक्ष सुरेश रावतले गरेका थिए ।