तुलसीपुर,जेठ १२ । तुलसीपुर नगर जेसीजले शनिवारदेखी साप्ताहव्यापी कार्यक्रम गर्दै छ ।
जेसीजले तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरि एक हप्तासम्म गरिने विभिन्न कार्यक्रमहरुको वारेमा जानकारी गराएको हो ।
जस अन्तर्गत जेठ १३ गते पहिलो दिन उद्घाटन साथै रक्तदान कार्यक्रम, १४ गते जेसीज इन द स्कुल, १५ गते नगर स्तरीय खुल्ला ब्याटमिन्टन प्रतियोगिता, १६ गते तुलसिपुर उप महाँनगरपालिका न्यायिक समितिसंग अन्तरक्रिया , १७ गते ब्लड ग्रुपिङ, १८ गते योग शिवर र २० गते स्लो बाइक रेस प्रतियोगीता तथा समापन कार्यक्रम रहेको सप्ताह मूल संयोजक जेसी शैलेन्द्र कुमार वलीले जानकारी दिए ।
कार्यक्रम संयोजक वुद्धी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर नगर जेसीजका अध्यक्ष शालिकराम वलीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रमको सहजीकरण महासचिव सन्दिप लामीछानेले गरेका थिए ।
