२०८३ असोज २८ गते बुधवार

राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु

दाङ, जेठ १० । बाँकेस्थित राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका – २ की २९ वर्षीया शारदा बस्नेत र नेपालगंज उपमहानगरपालिका–१२ की २५ वर्षीया सरिता चौधरीको मंगलबार बेलुका डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक चक्रडम्मर पाललले बताए ।

सात जनाको संख्यामा वनभोज खान गएका मध्य बस्नेत र चौधरी गर्मी छल्न भन्दै नुहाउन भन्दै डुडुवा गाउँपालिका–५ स्थित राप्ती नदीमा पसेका थिए ।

मिल्ने साथीहरु ड्राइ पिकनिक गएको र दुई जना नुहाउन भनेर नदीमा पसेपनि पौडी खेल्न नजाँदा दुबै डुब्न पुगेको प्रहरीले बताएको छ ।

उनीहरु डुबेको देखेपछि माछा मार्नेहरुले उद्धार गरेका थिए । लगतै उनीहरुलाई अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *