२०८२ फाल्गुन २१ गते बिहिवार

भाडा घटाई ब्यवसायी बचाउन घरधनीलाई आग्रह

दाङ,जेठ ९ । दाङ जिल्ला उद्योग वाणिज्य संघले घर भाडा घटाइ व्यवसायी बचाउन सहयोग गर्न घरधनीहरुलाइ आग्रह गरेको छ ।

संघका अध्यक्ष टंकसिंह वुढाथोकी र महासचिव महेन्द्र वुढाथोकीले एक विज्ञप्ती जारी गरि यस्तो आग्रह गरेका हुन ।

विश्व आर्थिक मन्दीका कारण अर्थतन्त्र नेपाल पनी अछुतो रहन सकेको छैन त्यसकै परिणाम स्वरुप देशको विभिन्न आर्थिक क्षेत्र प्रभावित भई देशको उद्योग तथा वाणिज्य क्षेत्रलाई झनै ठूलो क्षती पु¥याएको छ ।

संस्थाको कार्य क्षेत्र भित्र पर्ने विभिन्न व्यवसायीक सटर तथा घर टहराहरुको घर धनिहरुले यो मारबाट व्यवसायीहरुलाई केही राहतको महशुस होस् भन्ने हेतुले स्वविवेकले आ–आफ्नो घर भाडा शुल्क घटाउनु भएकोमा संघले धन्यवाद तथा आभार प्रकट गर्दछौ विज्ञप्तीमा भनिएको छ ।

यसै गरी अन्य घरधनीहरुले पनि व्यवसायीहरुलाई केही राहतको मलम पट्टी गराउनकोलागी यो अवस्था सुधार नहुँदा सम्मका लागी आफूले खाइपाइ राखेको घरभाडा घटाइ व्यवसाय र व्यवसायी बचाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने छ भन्ने आशा लिएको विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *