२०८३ असोज २८ गते बुधवार

ज्योतिष केसीको सर्वसाधारण भेट्ने कार्यक्रम प्रशासनले रोकिदियो

तुलसीपुर, जेठ ७ । ज्योतिष सिमान्त केसीले तुलसीपुरमा सर्वसाधारणसंग भेट्न आयोजना गरेको कार्यक्रम स्थानीय प्रशासनले रोकिदिएको छ ।

ज्योतिष केसीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित त्रिशेद्धेश्वरी मन्दिरमा सर्वसाधारणलाई भेट्ने कार्यक्रम आयोजना गरेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जिल्ला प्रशासनबाट कार्यक्रम गर्न रोक लगाउन आदेश भए अनुसार कार्यक्रम रोकिएको फरककोणलाई जानकारी दिए ।

दाङका प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यले उपचार गराउने बाहानामा मन्दिर जस्तो पबित्र सार्वजनिक स्थलमा गरिएको भिडभाड युक्त कार्यक्रम रोक्नु परेको बताए ।


केसीको काठमाडौंको तार्केश्वर नगरपालिका –७ स्थित ज्योतिष केन्द्रपनि यसअघि भिडभाड बढेको भन्दै बन्द गराइ सकेको छ । त्यसपछि उनी दाङ आएका थिए । जहाँ उनी एक घर भाडामा लिएर बस्दै आएका थिए ।

अलौकिक मनोवैज्ञानिक क्षमताका ज्योतिष भएको दाबी गर्ने केसी आएको खबर फैलिए लगतै मानिसहरु बिहानै मन्दिर परिशरमा लाइनमा बसेका छन् ।


जिल्ला बाहिरका केही मानिसहरुले आँफुहरु शनिबार नै तुलसीपुरका होटेलहरुमा आएर बसेको प्रतिक्रिया दिए ।

सोही स्थानमा भेटिएका एक जना पुरुषले भने यो सबै ढोंङ मात्रै भएको तथा उपचारको बाहाना ठगी धन्दा चलाइएको हुँदा ज्योतिष केसीमाथि कारबाही हुनुपर्ने माग गरेका थिए ।


तर, त्यहाँ लाइनमा बसेका अधिकाँसले भने ज्योतिष केसीलाई भगवनाको संज्ञा दिदै उपचारका लागि आँफुहरु आएको प्रतिक्रिया दिएका थिए । समाजिक संजालहरुमा आँफुले देखेर आएको उनीहरुको प्रतिक्रिया थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *