२०८१ जेष्ठ ५ गते शनिवार

ऐतिहासिक स्थलको संरक्षण गरौ ः पोख्रेल

तुलसीपुर जेठ ६ । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीशंकर पोख्रेलले ऐतिहासिक स्थलको संरक्षण गर्नुपर्ने बताएका छन ।

तुलसीपुर–१९ मा रहेको ऐतिहासिक एव मधार्मिक पर्यटकीय स्थल छिल्लीकोट कालिकामालिका मन्दिर संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विगतमा जथाभावी रुपमा उत्खनन् गर्दा ऐतिहासिक तथ्यहरु नष्ट भएको बताएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोख्रेलले त्यहाँ रहेको ऐतिहासिक हातहतिहारहरुको संरक्षण गर्नका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले मुख्यमन्त्री भएको समयमा एकीकरण स्थलहरुको संरक्षण गर्ने कार्यक्रम ल्याए पनि पछिल्ला सरकारहरुले निरन्तरता दिननसक्दा समस्या सिर्जना भएको बताए ।

नेकप ाएमालेका महासचिव समेत रहेका पोख्रेलले सरकारको नीति तथा कार्यक्रममा पर्यटकीय क्षेत्रकाबारे मायथेष्ट रुपमा समेटिन नसकेको बताए । उनले पर्यटकीय क्षेत्रसम्म पुग्नका लागि पर्यटनमार्गको लागि पछिल्ला समयमा बजेट कटौती गर्दा पर्यटकहरु त्यहाँपुग्नका लागि समस्या सिर्जना भएको बताए ।

उनले मुख्यमन्त्रीभएको समयमा त्यस क्षेत्रमा खानेपानी, मन्दिर जिर्णोद्वार,विद्युतको व्यवस्था गरिएको बताए । संरक्षण समितिका अध्यक्ष परवीर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले पछिल्ला समयमा छिल्लीकोटको विकासकालागि साहसिक खेल जीपलाइन निर्माणको अन्तिम चरणमा पुगेको बताए ।

उनले पालिकाबाट होमस्टेको विकासकालागि व्यवस्थापन गरिएको र सुरक्षाका लागि आवश्यक प्रबन्ध गरिएको बताए । उनले त्यहाँ रहेका ऐतिहासिक बस्तुहरुको संरक्षणमा विशेष ध्यान दिइने बताए ।

छिल्लीकोटसम्म पुग्नकालागि बिजौरी स्यालापानी हुँदै कालोपत्रे सडक निर्माण सुरु गरिएको छ भने स्यालापानीबाट केबलकारका लागि विस्तृत विवरण प्रतिवेदन(डिपिआर) समेत तयार पारिएको छ ।
छिल्लीकोट राज्यएकीकरणसंगै नेपालमा गाभिएको थियो । कार्यक्रमको सञ्चालन संरक्षण समितिका सदस्य नवीन पोख्रेलले गरेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *