दाङ,जेठ ६ । दाङ प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नं। २ महदेवा निवासी ५२ वर्षीय भागीराम चौधरी रहेका छन् ।
चौधरीलाई चोरी मुद्दामा जिल्ला अदालत दाङको २०६० फागुन २ गतेको फैसलाले ४ वर्ष ११ महिना २ दिन कैद सजाय तोकेको थियो ।
त्यही मुद्दामा चौधरीलाई पुनरावेदन अदालत तुलसीपुरले २०६२ असार १९ गते ४९ हजार पाँचसय रुपैयाँ जरिबाना तोकेको थियो ।
त्यसैगरी त्यही मुद्दामा उनलाई पुनरावेदन अदालत तुलसीपुरले नै २०६२ कात्तिक ८ गते ७६ हजार पचास रुपैयाँ जरिबाना तोकेको थियो ।
अदालतको फैसलापछि फरार रहेका चौधरीलाई हिजो प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।
प्रकाशित मिति : २०८० जेष्ठ ६ गते शनिवार
