दाङ, जेठ ४ । बर्दियामा गोहीले हातखुट्टा खाएको अवस्थामा एक जना पुरुषको शब फेला परेको छ ।
जिल्लाको गेरुवा गाउँपालिका वडा नं. ४ दंगपुरका ५१ बर्षीय शिबप्रशाद थारुको शब गोहीले हातखुट्टा खाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए ।
थारु जेठ २ गते साँझ पख गाउँका अन्य मानिसहरु संगै स्थानीय खोलामा माछा मार्न भनेर गएका थिए ।
उनी फर्केर नआएपछि खोजी सुरु भएको थियो । बुधबार उनको शब खोलामा गोहीले दुबै हात र खुट्टा खाएको अवस्थामा फेला परेको थियो ।
शब फेला परेको नजिकै दुई वटा गोहीपनि देखिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी बोहोराले जानकारी दिएका छन् ।
प्रराम्भीक अनुसन्धानबाट थारुको मृत्यु गोहीको आक्रमण बाट भएको र पछि गोहीले नै हातखुट्टा खाएको हुन सक्ने अनुमान गरिएको बोहोराले जानकारी दिए ।
थारुको शब पोष्टमार्टम पछि बुधबार नै आफन्तलाई बुझाइएको प्रहरीले बताएको छ ।