२०८१ माघ २६ गते शनिवार

काठमाडौंमा अब देखि बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारी चल्ने

काठमाडौं, चैत २५ । अब देखि काठमाडौं महानगरपालिकामा बिहान ५ बजेदेखि राती १० बजेसम्म सार्वजनिक सवारी सेवा सञ्चालन हुने भएको छ ।

सहरी यातायात सेवामा सर्वसाधारणको सहज र सुविधाजनक पहुँच सुनिश्ति गर्न यस्तो ब्यवस्था गरेको महानगरपालिकाको भनाइ छ । महानगरपालिकाको नगरसभाले पारित गरेको ‘सवारी तथा यातायात व्यवस्थापन बिधेयक, २०७५’ अनुसार यो ब्यवस्था गरिएको हो।

काठमाडौँ महानगरभित्रका रुटमा सञ्चालन हुने सार्वजनिक सवारीले कार्तिक देखि माघ मसान्त सम्म बिहान ५ बजेदेखि राति ९ बजेसम्म र बाँकी महिना बिहान ५ बजेदेखि राति १० बजेसम्म बस सेवा सञ्चालन गर्नुपर्ने छ।

सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुले अनिवार्य टिकट लिनुपर्नेछ । जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तीलाई परिचयपत्रका आधारमा सहुलियत उपलब्ध गराउनु पर्नेछ भने, सार्वजनिक यातायातले तोकिएको स्थानमा मात्र यात्रु चढाउने तथा ओराल्ने पाउनेछन।

त्यस्तै बसमा चालक र सहचालकलाई पोशाक उपलब्ध गराउने, यात्रुलाई गुनासो गर्ने व्यवस्था मिलाउने, प्राथमिक उपचार सामाग्री, अग्नि नियन्त्रण उपकरण, फोहोर फाल्ने भाँडो अनिवार्य राख्नु पर्ने व्यवस्था गरिएको महानगरले बताएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *