तुलसीपुर,बैशाख ३० । नेपाल प्रेस युनियन दाङको साधारण सभा एवं आठाैँ जिल्ला अधिवेशन आज (शनिबार ) हुँदै छ ।
जिल्लाको घाेराही उपमहानगरपालिका वडा न १३ स्थित बाह्रकुनेमा उक्त कार्यक्रम हुन लागेको हो ।
अधिवेशनको अवसरमा युनियन दाङले स्थापना गरेको शिव गिरि स्मृति पत्रकारिता पुरस्कारबाट कृष्ण राज सर्बाहारीलाई पुरस्कृत गरिने जिल्ला अध्यक्ष सन्तोष सुबेदीले जानकारी दिए ।
उनका अनुसार जिल्ला सदस्य हुदै केन्द्रिय प्रतिनिधित्व गर्ने पत्रकार महासघका अध्यक्ष बिपुल पोख्रेल र अकोर्याबका अध्यक्ष अर्जुन गिरिलाई विशेष सम्मान गरिने छ भने युनियनका पुर्ब जिल्ला सदस्य,लुम्बिनी प्रदेशका सदस्य लोका बिक,तत्कालीन अन्चल सयोजक /सचिब ,पुर्ब सदस्यहरु लगाएतलाई सम्मान गरिने छ ।
अधिवेशनको उदघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गर्ने कार्यक्रम तय भएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासघका अध्यक्ष बिपुल पोख्रेल,प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष जीवन भण्डारी,महासचिव दिलिप पौडेल,युनियनका प्रदेश अध्यक्ष सुदिप गौतम,लुम्बिनी प्रदेशका सदस्य लोका बिक,नेपाली काग्रेस दाङका अध्यक्ष शकर प्रसाद डागि लगाएतको सहभागिता रहने छ ।
अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्नेछ ।