२०८१ बैशाख २३ गते आइतवार

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु,सात जना घाइते

रोल्पा,बैशाख २९ । रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

सात जना घाइते भएका छन् । दुर्घटनामा परि लुङ्ग्री गाउँपालिका–५ सर्कनाका १३ वर्षीय खेमराज रोकाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार रा १ त ३८८१ नम्बरको ट्र्याक्टर गए राति लुङ्ग्री गाउँपालिकाको मछेटीमा दुर्घटना भएको हो ।

लुङ्ग्रीको दोमैमा सडक निर्माणमा खटिएका कामदार काम सकेर बास बस्नका लागि किलाचौरतर्फ जाँदै गर्दा ट्र्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएकाहरुको प्राथमिक स्वास्थ्यचौकी सुलीचौरमा उपचार भइरहको छ ।

प्रकाशित मिति : २०८० बैशाख २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *