२०८३ असोज २८ गते बुधवार

आगो निभाउने क्रममा घाइते भएका ४ जनाको मृत्युको उपचारको क्रममा मृत्यु


अर्घाखाँची,बैशाख २७ । भूमिकास्थान नगरपालिका २ तिरतिरे खोला किनारको जंगलमा मंगलबार लागेको आगो गाउँमा पसेर घरमा आगलागी हुँदा आगो निभाउने क्रममा सख्त घाइते भएका ५ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५५ वर्षीय पदम बेल्वासे, ७२ वर्षीय पिताम्बर बेल्वासे, ३६ वर्षीय माधव बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासे रहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्णप्रसाद घिमिरेले बताए । घाइते भएकी २६ वर्षीया अस्मिता बेल्वासेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ ।


जंगलमा लागेको आगो बस्ती पस्ने क्रममा पदम बेल्वासेको घरमा सल्केको थियो । घरमा आगलागी भएपछि निभाउने क्रममा ५ जना आगोले डढेर सख्त घाइते भएपछि अर्घाखाँची अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पाल्पा लगिएको थियो ।

पाल्पामा पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा गएराति १० बजेतरि मृत्यु भएको घिमिरेले बताए । थप उपचारका लागि काठमाडौंको कीर्तिपुर अस्पतालमा लगिएका माधव र घनश्यामको बुधबार बिहान ७ बजेतिर काठमाडौंमा निधन भएको उनले बताए ।

जंगलमा कोही व्यक्तिले आगो लगाएको हुन सक्ने आशंका गर्दै प्रहरीले आलो लगाउने व्यक्तिको खोजी गरिरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको घिमिरेले बताए ।

प्रकाशित मिति : २०८० बैशाख २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *