२०८३ असोज २८ गते बुधवार

चखौरा नक्कली र सुकौरा सक्कली ठाउँ हो – मुख्यमन्त्री चौधरी

तुलसीपुर, बैशाख २६। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चखौरा थारुहरुको नक्कली र सुकौरा वर्जिनल ठाउँ भएको बताएका छन् ।

सोमबार तुलसीपुर –११ स्थित प्राचिन दंगीशरण थारु राजाको दरबार रहेको स्थानमा आयोजित कार्यक्रमलाई सम्बोन गर्दै मुख्यमन्त्री चौधरीले त्यस्तो बताएका हुन ।
मुख्यमन्त्री चौधरीलाई प्राचिन थारु राजाको कोट सुकौरालाई ओझेल पारेर चखौरामा थारु संग्राहलय बनाएको भन्दै आयोचना हुँदै आएको छ ।

सोही कुरा उल्लेख गर्दै उनले इतिहास नखोजे त्यो चखौराको संग्राहलय जस्तो मात्रै बन्ने हुँदा सुकौराकोट दरबार त्यस्तो नभइ एक ऐतिहासिक पबित्र भूमि भएको हुँदा सोही रुपमा बिकास गर्नुपर्ने उनको भनाइ थियो ।

‘हामीले बुद्ध जन्मेको ठाउँ पबित्र भूमी हो भने जस्नै दंगीशरण राजा जन्मेको ठाउँपनि पबित्र भूमी हो भनेर बनाउन खोजी राखेका छौं,’ उनले अगाडि भनेका थिए ‘ आजपनि डिल्लीले सुकौरा ओझेल पारेर चखौरा बनायो भन्ने गरिन्छ त्यसो होइन चखौरा थारुहरुको लागि नक्कली संग्राहलय हो भने सुकौरा साँच्चिकै थारुहरुको पूज्य थलो हो ।’
मुख्यमन्त्री चौधरीले चखौरा संग्राहलय मात्रै रहेको तर सुकौराकोट एउटा पबित्र ऐतिहासिक स्थल रहेको हुँदा थारुको वर्जिनल स्थल सुकौराकोट दरबार र नक्कली चखौराका बीचमा कहिलै तुलना हुन नसक्ने बताएका थिए ।

बिगतका आँफुले सुकौराकोट दरबारको बिकासको लागि धेरै प्रयासहरु गरेपनि आपसी झगडाका कारण बनाउन नसकेको भन्दै पंछिएका थिए ।

‘ बिगतमा कहिले सुकौरा र कहिले बेलगनारको झगडा यो ठाउँ बन्न सकेन,’ उनले भने ‘ अब झगडा होइन यो ठाउँ बनाउन लाग्नुहोस , बिकासका लागि एक पार्टीले अर्कौ पार्टीको बिरोध नगर्नुहोस ।’

अझैं सुकौराकोटमा थप अध्यन र उत्खनन्हरु हुन बाँकी नै रहेको भन्दै त्यहाँको माटोलाई कसैले पनि मनपरी नचलाउन उनले आग्रह गरेका थिए ।

इतिहासको आधारमा दंगीशरण थारु राजाको दरबार क्षेत्रको बृस्तित गुरु योजना तयार गरि बिकास गरिने भन्दै उनले त्यसका लागि मन्त्री परिषदबाटै निर्णय गराएर सकौराकोट बिकास प्राधिकरण गठन गरिने उनले जानकारी दिएका थिए ।

‘ दंगीशरण राजाको इतिहास कसरी खोज्ने त्यो मुलभूत कुराहरु हो,’ उनले भने ‘ दंगीशरण राजाका पैशाहरु हामीले पाएका छौं र उत्खनन् पछि पुरातत्व बिभागमा घोडाका कैंजाहरु, माटका सिक्काहरु अहिलेपनि सुरक्षित छन् अब त्यसका आधारमा बिकास अगाडि बढ्नु पर्छ ।’ तर, इतिहास नखोजेर मनपरी सुकौराकोटमा कामहरु हुन थालेको भन्दै उनले असन्तुष्टि जाएका थिए । ‘हामी कोही पर्खाल बनाउन तर्फ लाग्यौ, कोही टावर बनाउन तर्फ लाग्यौं,’ उनले भनेका थिए ‘ त्यसो होइन बरु हामीले थारु राजाहरु कहाँ नहाउँथे, रानीले कहाँ नुहाउँथिन, कहाँ बसेर पूजा गर्थिन त्यो पत्ता लगाएर डिपिआर बनाउनुहोस बनाउने पैंशाको अभाव हुन दिने छैनौंं।’

मानिसहरु बिगत जान्न र इतिहास हेर्न आउने हुँदा पर्खाल भ्यूटावर जस्ता संरचना हेर्न कोही नआउने हुँदा ऐतिहासिक तथ्यका आधारमा सुकौराकोटको बिकास हुनुपर्ने बताएका थिए ।

थारुका पहिला राजा को थिए र अन्तिम राजा को थिए ? उनीहरुको राजकाज कसरी चलाउँथे, जीवन सैली कस्तो थियो सबै कुराहरु सुकौराकोट दरबार क्षेत्रमा समेट्ने गरि गुरु योजना बनाउन आवश्यक रहेको उनले जोड दिए ।
थारुका अन्तिम राजा रत्नपारुखुको मन्दिर घोराहीमा रहेको उनले बताएका थिए । गोरखनाथ बाट दिक्षान्त भएपछि रत्नपारुखुले राजकाज त्यागेर तपस्बी बनेको मुख्यमन्त्री चौधरीले उल्लेख गरे । अहिले पनि घोराहीको रतननाथ मन्दिर जिल्लाको एक चर्चित धार्मिक स्थलका रुपमा परिचित छ ।

बिगतमा दंगीशरण राजाले नै भारतको पाटनमा पूजा आरधनाका लागि डोली बोकाएर मानिसहरु पठाउने प्रचलन रहेपनि अहिले आएर त्यो क्रम रोकिएको उनले चर्चा गरेका थिए । ‘अहिले पनि थारुहरु पाटन देबीको पूजा गर्ने गर्छौ,’ चौधरीले भने ‘ त्यो प्रचलन र इतिहासको खोजी गरि सोही अनुरुप सुकौराकोटको बिकास गर्नुपर्छ ।’

त्यतिबेला नै दंगीशरण राजाले संघीयताको मर्म अनुसार साशन पद्धती चलाएकोपनि मुख्यमन्त्री चौधरीले दाबी गरे । जस्लाई थारु समुदायले प्रगन्ना भन्ने गर्छन । त्यतिखेर दाङ उपत्यकालाई आधा दर्जन जति भागमा बिभाजन गरि थारुहरुले साशन गरेको उनले बताए ।


‘ मानिसहरु भन्छन् सुकौराकोटलाई के गराउने,’ उनले भने ‘ के गराउने हैन इतिहास झल्किने बनाउने र यहाँको माटो पूज्य बनाउने हो ।’ त्यसका लागि आजैदेखि समिति बनाएर छलफल गरि गुरु योजना बनाउन भूमिका खेल्न उनले आग्रह गरेका थिए ।


‘ तपाँइहरु यो बर्ष यहाँ कति काम गर्नु हुन्छ ५० लाखसम्म भए हुन्छ होला तर काम इतिहास अनुसार गर्नुहोला,’ उनले भनेका थिए ‘ मान्छे पूर्खाको इतिहास हेर्न आउने हो यो पर्खाल र भ्यूटावर हेर्न आउँदैनन् ।’ उनले पैंशाको कमी हुन नदिने वचनवद्धता जाहेर गरे ।

उनले प्राचिन थारु राजाको दरबारको इतिहासका आधारमा बृस्तृत गुरुयोजना तयार पारी बुद्ध जन्मस्थल जस्तै दंगीशरणको बिकास गर्नु पर्ने जोड दिएका थिए । ‘लुम्बिनीको बुद्ध भूमी जस्तै दंगीशरण थारु राजा सुकौराकोटको बिकास गर्नु पर्छ,’ उनले भने ‘ तर, त्यसको लागि ऐतिहासिकता खोजी गर्न आवश्यक छ ।’

प्रकाशित मिति : २०८० बैशाख २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *