२०८२ चैत्र २ गते सोमवार

राप्ती बबई क्याम्पस प्रमुखमा गणेश पार्धे नियुक्त

तुलसीपुर,बैशाख २५ । राप्ती बबई क्याम्पस तुलसीपुरका प्रमुखमा गणेश पार्धे नियुक्त भएका छन ।

क्याम्पस सञ्चालक समितिको सोमवार बसेको बैठकले पार्धेलाई क्याम्पस प्रमुखमा चयन गरेको हो ।

यस अघिका क्याम्पस प्रमुख युवराज रावतको कार्यकाल सकिएपछि रिक्त रहेको प्रमुख पदमा पार्धेलाई नियुक्ति गरिएको हो ।

रावतको कार्यकाल फागुन १८ गते सकिएको थियो ।

साथै ४ बर्षे कार्यकालका लागि नियुक्त भएका पार्धेले मंगलवारदेखि जिम्मेवारी सम्हालने सञ्चालक समिति अध्यक्ष श्याम कुमार रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० बैशाख २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *