२०८३ असोज २८ गते बुधवार

विषादी सेवनबाट १२ वर्षीय बालकको मृत्यु

सल्यान ,बैशाख २४ । सल्यानमा एक जना बालकको विषादी सेवनबाट मृत्यु भएको छ ।

बागचौर नगरपालिका ४ लौराबाङका १२ वर्षीय रवीन पुनको विषादी सेवनबाट मृत्यु भएको हो ।

आफ्नै बारीमा काम गर्ने क्रममा आमा र दाइसँग सामान्य वादविवाद हुँदा रवीनले घर आएर विषादी सेवन गरेको प्रहरीले जनाएको छ ।

विषादी सेवनपछि बेहोस भएका पुनलाई सल्यानस्थित बागचौरमा रहेको जनप्रिय पोलिक्लिनिकमा सामान्य उपचारपश्चात् नेपालगञ्ज रिफर गरिएको थियो ।

उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *