तुलसीपुर,बैशाख २१ । तुलसीपुर प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
बुधबार बेलुका साढे ५ बजेतिर तुलसीपुरमा लागुऔषध ब्राउन सुगर ओसारपसार तथा कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३६० मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए ।
प्रक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ९ अटोभिलेजस्थित सडक बाटोमा जिल्ला चितवन भरतपुर उपमहानगरपालिका २१ पार्वतीपुर निवासी ३३ वर्षिय सबिन घर्ति रहेका छन ।
घर्तिको साथबाट प्लाष्टिक कागजसहित तौल गर्दा ३६० मिलिग्राम र प्लाष्टिक हटाई धुलो मात्रै तौल गर्दा १९० मिलिग्राम लागुऔषध ब्राउन सुगर, कैची थान १ र लाईटर थान १ बरामद गरेको छ ।
यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८० बैशाख २१ गते बिहिवार