२०८३ जेष्ठ १५ गते शुक्रवार

सुनको मूल्य अहिलेसम्मै उच्च

काठमाडौँ,बैशाख २१ । सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्यले उच्च विन्दु छोएको हो।

महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, तेजावी सुनको प्रतितोला मूल्य १ लाख ११ हजार २५० रूपैयाँ तोकिएको छ। यो नेपाली बजारमा सुनको अहिलेसम्ममै उच्च मूल्य हो।

बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ४ सय ४५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *