दाङ,वैशाख १८। नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा वैशाख १४ गतेदेखि २६ गतेसम्म ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८०’ मा आज सोमबार पाँचौ दिन गायक नरेश खाती र बिन्दु परियारसँगै दर्शकहरू मनाेरञ्जन लिएका छन् ।
नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा आज साेमबार गायक नरेश खाती र गायिका बिन्दु परियारले प्रस्तुति राखेका थिए ।
गायम खातीले हात मुख धाेएर, मेराे बाबा सुपर म्यान, चाैतारीमा साेल्टिनी पिपलु वर, तिम्रै मायाले मलाई हाँस्न सिकायाे, मुखै फाेरी आइ लभ यु भन्न पाए त्, हाेइन हाेला र हाेइन हाेला र, मेराे सास भने नि तिमी, ढाँटेकाे हाेइन मायालु लगायतका गीत प्रस्तुत गरेका थिए ।
गायिका बिन्दु परियारले हुर्केकाे छाेराे हुँ म संस्कार, तिमीले त मायामा ज्यानै पाे दिन्छु भन्छाै रे, पर्ख पर्ख मायालु, पहिलाे नम्बरमा
महाेत्सव गायक शालिक राेका, राजकुमार वली, गायिका अनु राना मगर गायिका शर्मिला अर्यालको पनि प्रस्तुति रहेको थियो ।
एलिसा डान्स ग्रप काठमाडौंका नृत्यङ्गनाहरु एलिसा बराल, सीमा श्रेष्ठ र एन्जिला श्रेष्ठको पनि प्रस्तुति रहेको थियो । साथै महाेत्सवमा डिएमएस नारायणपुर डान्स ग्रुप र द लेभल अफ डान्स ग्रुपले पनि प्रस्तुति राखेका थिए ।
महोत्सवमा भोलि मंगलबार खेम सेञ्चुरी
नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा भोलि मङ्गलबार खेम सेञ्चुरीकाे प्रस्तुति रहने छ ।
सेञ्चुरी पछिल्लो चरणमा नेपाली सङ्गीतमा रूचाइएका गायक हुन् । सेञ्चुरीका कपलु काेरेर, कामी दाइकाे छाेराे, काँचाे बेलाउती,चार ताेलाकाे बाला लगायतका गीत चर्चामा रहेका छन् ।
साथै भोलि महोत्सवको छैठौं दिन गायक यागेश्वर बस्नेत, माेती केसी, राजकुमार वली, गायिकाहरु अनु राना मगर, शर्मिला अर्यालको प्रस्तुतिसँगै एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ र सीमा श्रेष्ठको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक डिल्ली वलीले जानकारी दिएका छन् ।