२०८२ चैत्र ३ गते मङ्गलवार

थप १०३ जनामा कोरोना पुष्टि

काठमाडौँ ,बैशाख १५ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २९ पुगेको छ।

शुक्रबार ५३ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३७५ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर ६२७ पीसीआर तथा १ हजार २९८ एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित मिति : २०८० बैशाख १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *