तुलसीपुर, बैशाख १५ । लुम्बिनी प्रदेशमा मन्त्री हुने तीन जनाको नाम टुँगो लागेको छ ।
नेकपा माओबादी केन्द्र, लोकतान्त्रिक समाजबादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक ÷एक जनालाई मन्त्री बनाउने टुंगो लागेको छ ।
दाङको निर्वाचन क्षेत्र नं. ३ (२) मा माओबादी केन्द्रबाट निर्वाचित धनबहादुर मास्की, रुपेन्देहीको ३ (१) मा लोसपाका सञ्तोषकुमार पाण्डे र बर्दियाको २ (२) मा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका धर्मबहादुर चौधरी मन्त्री हुने टुगो लागेको छ ।
शुक्रबार बिहान भर जसो नेपाली काँग्रेसको संसदीय दलको कार्यलयमा भएको छलफलबाट तीन पार्टीका तीन जना मन्त्रीको नाम टुँगो लागेको हो ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उनीहरु तीनै जनालाई बिनाविभागिय मन्त्रीको रुपमा सपथ गराउन लागेका छन् ।
शुक्रबार बिहान साढे ११ बजेपछि मुख्यमन्त्री चौधरीसहित तीनै जना विना विभागिय मन्त्रीले सपथ लिन थालेका छन् ।