२०८३ असोज २८ गते बुधवार

बेपत्ता परिवारलाई मासिक दुई हजार भत्ता

बर्दिया,बैशाख १२ । बर्दियाको राजापुर नगरपालिकाले सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिन थालेको छ।

राजापुरका मेयर दिपेश थारुले बेपत्ता १७ जनाका परिवारलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिएको जानकारी दिए।

आफन्तलाई बेपत्ता पारिएपछि आर्थिक संकटमा रहेका बेपत्ताका परिवारलाई मासिक दुई हजार भत्ता दिँदा थोरै भए पनि राहत भएको मेयर थारुको भनाइ छ।

राजापुर नगरपालिकाले द्वन्द्वपीडितलाई समक्ष बनाउन तालिमदेखि आयआर्जनका कार्यक्रम सञ्चालन गर्न ४० लाख रुपैयाँ छुट्याएको छ।

प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबरको सहयोग गर्ने बताइएको यो कार्यक्रमलाई तालिमसँगै भैंसी र बाख्रापालनमा खर्च गर्ने मेयर थारुले बताए।

प्रकाशित मिति : २०८० बैशाख १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *