२०८३ बैशाख ११ गते शुक्रवार

कोरोना संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु

बाँके,बैशाख ९ । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु भएको छ।

बाँके राप्तिसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा शनिबार मृत्यु भएको अस्पतालका फिजिसियन डा.सुभाष जिसीले जानकारी दिए।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि भेरी अस्पतालमा लगिएको थियो।

उनलाई बैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो। उनलाई दमको पनि समस्या रहेको चिकित्सकले जनाएका छन्।

प्रकाशित मिति : २०८० बैशाख ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *