२०८२ चैत्र २ गते सोमवार

ट्याक्टर तथा यातायात ढुवानी सेवा प्रा.लिको प्रथम अधिवेशन

तुलसीपुर,बैशाख ९ । दाङ ट्याक्टर तथा यातायात ढुवानी सेवा प्रा.लि को प्रथम साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ ।

प्रा.लिका अध्यक्ष चिन्तामणि आचार्यको अध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष ओमप्रकाश गुप्ताको प्रमुख आथित्यता एवं सस्थापक सदस्य चिरञ्जीवी रिजालको बिशिस्ट आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रशासनिक संयोजक दोर्ण प्रसाद देबकोटा र लेखा समिति संयोजक मेघराज घिमिरेले प्रस्तुत गरेको प्रतिबेदन सर्बसम्बत रुपमा पारित गरिएको थियो ।


कार्यक्रममा प्रमुख अथिती ओम प्रकाश गुप्ता,बिशिस्ट अतिथि चिरञ्जीवी रिजाल ,सन्चालक समिति सदस्य बिमल रिजाल,प्रेम बिक पुस्पराज गिरि,बिजय केसी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यस अवसरमा आगामी कार्यकालका लागि चिन्तामणि आचार्यको अध्यक्षतामा ११ सदस्यीय नँया कार्यसमिती गठन गरिएको छ ।

उक्त कार्यक्रमको सहजीकरण प्रा.लिका प्रशासनिक संयोजक दोर्ण प्रसाद देबकोटाले गरेका थिए ।

प्रकाशित मिति : २०८० बैशाख ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *