२०८३ असोज २८ गते बुधवार

नदीमा डुबेर १८ वर्षीय युवाको मृत्यु

प्युठान, बैशाख ६ । स्वर्गद्वारी नगरपालिका -७ तापस्थित माडी नदीमा डुबेर एक युवाको ज्यान गएको छ ।

झिमरुक गाउँपालिका –८ का १८ वर्षीय सुवास रोका मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

ट्याक्टरका सह-चालक रोका मगर बालुवा लिन खोला गएको बेला नदीमा डुबेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिए ।

आज बिहान ११ बजे घटना भएको र शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको छ ।

प्रकाशित मिति : २०८० बैशाख ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *