२०८२ चैत्र ३ गते मङ्गलवार

लुम्बिनी प्रदेशले गर्यो अस्पताल विकास समितिको अध्यक्ष र सदस्य नियुक्त


दाङ ,बैशाख ४ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पताल र प्युठान जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को बैठकले २ अस्पतालका विकास समितिका अध्यक्ष र ८ अस्पताल बिकास समितिका सदस्य नियुक्त गरेको हो।

लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा अजय श्रेष्ठलाई नियुक्त गरिएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको सदस्यमा लक्ष्मी खनाललाई नियुक्त गरिएको हाे। प्युठान अस्पताल बिकास समितिको अध्यक्षमा विनय विराज श्रेष्ठ नियुक्त भएका छन्।

गुल्मी जिल्ला अस्पताल विकास समितिको सदस्यमा संजीबनि अर्याल, भीम अस्पताल विकास समितिको सदस्यमा लक्ष्मी केसी, कपिलबस्तु जिल्ला अस्पताल विकास समितिको सदस्यमा सारदा चपई, पृथ्वीचन्द्र अस्पताल विकास समितिको सदस्यमा सरिता पौडेल, रोल्पा अस्पताल विकास समितिको सदस्यमा सुधा न्यौपाने, पाल्पा अस्पताल विकास समितिको सदस्यमा शशि श्रेष्ठ, बर्दिया अस्पताल विकास समितिको सदस्यमा कल्पना ज्ञावली, रामपुर अस्पताल अस्पताल विकास समितिको सदस्यमा सरस्वती भट्राईलाई विकास समिति नियुक्त गरिएको स्वास्थ्यमन्त्री विष्णु पन्थीले बताएका छन्।

प्रकाशित मिति : २०८० बैशाख ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *