तुलसीपुर , बैशाख ४ । दाङ तुलसीपुरका सशस्त्र प्रहरीका सहायक हवल्दारको गोली लागेर मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ टिकरीका ३५ बर्षीय वशन्त केसीले आइतबार बेलुका ८ बजेर ३५ बजेतिर समयमा आँफैले आँफैलाई गोली हानेका थिए ।
उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।
केसी कारागार सुरक्षा गुल्म तुलसीपुरमा करिब ५ दिन पहिले मात्रै कपिलबस्तु बाट आएका थिए ।
४८ नम्बर रिजर्व गुल्म कपिलबस्तुमा कार्यरत केसी गृहनगर तुलसीपुरमा आएको केही दिनमै आँफैले आँफैलाई किन गोली हाने भन्ने बारे अनुसन्धान हुन बाँकी नै रहेको डिएसपी मल्लले बताए ।
केसीको शब पोष्टमार्टमको लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लैजाने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८० बैशाख ४ गते सोमवार