२०८१ मङ्सिर २९ गते शनिवार

तुलसीपुरमा सांस्कृतिक कार्यक्रम २०८० सुरु

तुलसीपुर,चैत ३० । दाङको तुलसीपुरमा सांस्कृतिक कार्यक्रम २०८० सुरु भएको छ । मितेरी युवा क्लब तुलसीपुरको आयोजनामा सुरु भएको उक्त कार्यक्रमको दंगीशरण गाँउपालिकाका अध्यक्ष शम्भु गिरीले पानसमा बत्ती बालेर उद्धघाटन गरेका हुन ।

स्वास्थ्य,शिक्षा,सुचना हाम्रो अभियान ःकला संस्कृती र भेषभुषा हाम्रो पहिचान भन्ने मुल नाराका साथ बिहिवार देखि तुलसीपुरको अरणीको मैदानमा सुरु भएको सांस्कृतिक कार्यक्रम बैशाख १० गतेसम्म सञ्चालन गरिने छ ।

स्थानीय स्तरमा लुकेर रहेका विभिन्न कला,प्रतिभाहरुलाई उजागर गरि हौसला प्रदान गर्ने मुख्य उद्देश्यले सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिए ।


कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि गिरीले परम्परागत भेषभाषा,कला संस्कृतिहरु लोप हुर्दै गइरहेको अवस्थामा संस्कृतिको संरक्षणका लागि यस्ता खालका सांस्कृतिक कार्यक्रमको आयोजना गर्नु आफैमा महत्वपुर्ण र सराहनीय कार्य रहेको बताए ।

उनले धार्मिकता बोकेका नृत्य,गितहरुलाई बचाइ राख्न जरुरी रहेको बताए । पछिल्लो समय लागु औषध दुव्र्यशनीमा फसेर धेरै युवायुवतीहरुले समाजलाई बिकृति तर्फ लैजान लागेको भन्दै यसलाई निरुसात्हीत गर्न जरुरी रहेको बताए ।


त्यस कार्यक्रममा सञ्चारकर्मी तेज बिरही , समदर्शी युवा क्लबका अध्यक्ष इसा वलि लगाएतले मन्तव्य गरेका थिए ।

मितेरी युवा क्लब तुलसीपुरका सहसचिव प्रमोद आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चाल सदस्य शान्ताराम सेन्चुरीले गरेका थिए ।


यसैबिच कार्यक्रममा शुक्रवार बैशाख १ गते गायीका अन्जु चौधरी, गायक देबेन्द्र बब्लु,डान्सर बिपना परियार लगाएत स्थानीय कलाकारहरुको प्रस्तुती रहने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

उद्धघाटन कार्यक्रममा म्युर नाच,सोरठि नाच,पञ्चेबाजा लगाएतका नाँचहरु प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *