दाङ, १८ चैत ।
परम्परागत कृषि पेशालाई आधुनिकीकरण गर्न सकेमा मनग्य आम्दानी गर्न सकिने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । घोराही उपमहानगरपालिका वडा नम्वर ७ को आयोजनामा डवरगाउँमा सञ्चालित कृषि सचेतना तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।
कृषि पेशालाई व्यवसायीकरण र मर्यादित बनाउन आधुनिक बिउबिजन तथा मेसिनरी सामाग्री प्रयोग गर्नुपर्ने उनीहरुको जोड थियो । वडाका जेष्ठ सदस्य छन्द बहादुर केसीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा प्रशिक्षक कमल रेग्मी, वडा सदस्य गोमा नेपाली, वडा सचिव चन्द्रबहादुर केसी, सहभागी हिमलाल महरा, शान्ता चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
दुई दिनसम्म चलेको तालिममा ३० जनाको सहभागिता रहेको थियो भने तालिमका प्रशिक्षकहरुमा दिपक बुढाथोकी, कमल रेग्मीलगायतका रहेका थिए । तालिमको समापन सामाजिक परिचालक बिमल योगीले गरेका थिए ।