२०८१ मङ्सिर २७ गते बिहिवार

डिजेल चोर्दै गर्दा पक्राउ परेकाहरुलाई ७ दिन म्याद थप


तुलसीपुर , चैत २३ । गाडीबाट डिजेल चोर्दै गर्दा पक्राउ परेका दुई जनालाई जिल्ला अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।


प्रहरीले बुधबार बिहान २ बजे तुलसीपुर बसपार्कमा पार्किङ गरि राखिएको बसबाट डिजेल चोरी गर्दै गर्दा तुलसीपुर उपमहानगरपालिका वडा नं. – ९ बेलुवाका १८ वर्षीय नवीन केसी र सोही ठाउँका १८ बर्षकै विशाल रावतलाई पक्राउ गरेको थियो ।


पार्किङमा राखेको ना ४ ख ६४९५ नम्बरको गाडीबाट उनीहरुले करिब २० लिटेल डिजेल निकालेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको थियो ।


ती बसका धनीले बुधबार नै इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर पक्राउ परेका दुई जना बिरुद्ध चोरी सम्बन्धी मुद्दा दर्ता गराएका थिए ।

बसबाट डिजेल चोरी गरि रहेका दुई जना मध्य रातमा ना ४ च ५७८७ नम्बरको कारमा बसपार्क पुगेर डिजेल चोरी गर्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिएका थिए ।
डिजेल चोर्न प्रयोग गरिएको कार तुलसीपुर ८ का दिलीप विकको रहेको प्रहरीले बताएको छ । बिक कालिका मालिका अटो प्रालिका अध्यक्ष हुन ।


कार धनी बिकले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको संबाददाता संग दाबी गरेका छन् । आँफुले आफ्नो कार अघिल्लो दिन दिउँसो नै साथीलाई दिएको र आफ्नो कारको दुरुपयोग भएको भन्दै त्यसमा आफ्नो संलग्नता नरहेको उनले बताए ।


प्रहरीले भने चोरीको उक्त घटना सन्बन्धि थप अनुसन्धान हुन बाँकी नै रहेको बताएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *