२०७७ मङ्सिर १७ गते बुधवार

जीप खस्दा ६ को मृत्यु, तीन यात्रु घाइते

काठमाडौं, चैत १७ । ओखलढुंगामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

सोलुखुम्बुबाट काठमाडौंका आउदै गरेको बा १६ च २२०७ नम्बरको जीप सडकबाट २ सय मिटर तल भडारेखोलामा खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

उक्त दुर्घटनामा परी ६ जना यात्रुको घटनास्थलमै मृत्यु भएको र अन्य ३ जना यात्रु घाइते भएको प्रहरीले बताएको छ । जिप खोलामा साढे ११ बजे तिर खोलामा खसको थियो । घाइतेहरुलाई थप उपचारका लागि घुर्मी पठाइएको छ ।

जीप दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७५ चैत्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *