२०८१ भाद्र २६ गते बुधवार

उच्च अदालत बारमा ६७ र जिल्ला बारमा १ सय १२ जनाद्धारा मतदान

सुशील बस्नेत,
दाङ,चैत १७ । उच्च अदालत बार एशोसिएसन तुलसीपुर र दाङ देउखुरी जिल्ला बार एशोसिएसन घोराहीमा नेपाल बार एसोसिएसनका लागि मतदान भएको छ । उच्च अदालत बार एशोसिएसन तुलसीपुर अन्तर्गत राप्तीका सल्यान, रुकुम, रोल्पा, प्युठानका ५३ जना र उच्च अदालत बार एशोसिएसन तुलसीपुरमा २० जना गरि जम्मा ७३ जनाले मतदान गरेको उच्च अदालत वार तुलसीपुर निर्वाचन केन्द्रका संयोजक विजय पौडेलले जानकारी दिए ।  उच्च वार निर्वाचन केन्द्रमा कुल ६७ जनाले मतदान गरे । त्यसमध्य २ जना महिला मतदाता थिए ।

दाङ देउखुरी जिल्ला बार एशोसियसनको मतदान केन्द्र घोराहीमा १ सय १५ जना मध्ये १ सय १२ जनाले मतदान गरेका छन् । ती मध्ये ६ जना महिला अधिबक्ता रहेको जिल्ला बारका निर्वाचन संयोजक प्रदिप गौतमले बताए ।

यहाँ मतदान भएपनि मतगनणा गर्न मतपेटिका भने काठमान्डौं पठाइने अधिवक्ता विष्णुमणि धितालले जानकारी दिएका छन् ।
कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वको लागि शनिवार दाङ लगायत देशभर बिहान ८ बजेदेखि दिउँसो ४ बजे सम्म मतदानको समय सीमा तोकिएको थियो ।

नेपाल बारमा २५ पदका लागि ६३ जनाको उम्मेदवारी परेको छ । निर्वाचनमा सत्तारूढ नेकपा निकट नेपाल लयर्स एसोसिएसन (एनएलए) बाट अध्यक्षमा चण्डेश्वर श्रेष्ठ र कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बाट अध्यक्षमा सुनिलकुमार पोखरेल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । एनएलएलाई मधेसकेन्द्रित दल र डिएलएलाई राप्रपानिकट कानुन व्यवसायीको समर्थन छ ।

३ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व निर्वाचित गर्न निर्वाचन भएको हो ।
देशभर कुल १० हजार ३ सय १३ मतदाता रहेका छन् । त्यसमध्य सबैभन्दा धेरै काठमान्डौं उपत्यका भित्र ६ हजार ५ सय र काठमान्डौं बाहिर तीन हजार ८ सय १३ जना मतदाता रहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *