२०७७ फाल्गुन २४ गते सोमवार

काँग्रेसले खुमबहादुर खड्काको स्मृतिमा कार्यक्रम गर्दै

फाइल तस्बिर

दाङ, चैत १५ । नेपाली काँग्रेस दाङले स्वर्गीय नेता खुमबहादुर खड्काको प्रथम स्मृति दिवस मनाउने तयारी गरेको छ । दाङ जिल्ल्ला सचिव शंकरप्रशाद डाँगीले नेता खड्काको सम्मान र संझनामा चैत १६ गते काँग्रेस दाङले पहिलो पुण्य तिथिको अवसरमा कार्यक्रम गर्न लागेको जानकारी दिए । जिल्ला पार्टी कार्यालयको आयोजनामा हुने कार्यक्रम पूर्व गृहमन्त्री खड्काको लमही नगरपालिकाको सतवरिया स्थित गाउँमा हुने जानकारी दिइएको छ ।

शनिवार विहान ११ बजे हुने पहिलो पुण्य तिथिका अवसरमा उपस्थित हुन जिल्ला सचिव डाँगीले सबै नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई आग्रह गरेका छन् । नेपाली काँग्रेस भित्र निर्भिक र निडर नेताको छवि वनाएका स्वर्गीय नेता एकजना विकास प्रेमी नेता थिए ।

मृगौला रोगवाट पीडित खड्का गत वर्ष भारतमा उपचारका क्रममा निधन भएको थियो । खड्काको निधनले पार्टी र देशलाई अतुलनिय क्षति पुगेको काँग्रेस नेताहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *